एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं, १९ असोज । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।