एनआईसी एशिया लघुवित्तको शेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं, १९ असोज । एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

मंगलबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै ११ बजेर २० मिनेट शेयर मूल्य १० प्रतिशत घटेर नेगेटिभ सर्किट लागेको हो ।

नेगेटिभ सर्किट लागेको शेयर मूल्य १२६ रुपैयाँ घटेर ११४२ रुपैयाँमा झरेको छ ।

आइतबार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here