श्री एयरलाइन्सको जहाज पार्किङ स्थलमा चिप्लियो

काठमाडौं, १९ असोज । श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लिएको छ।

मंगलबार बिहान ९:३३ बजे नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको नाइन एन ए एफ कल साइनको क्यू ४००-८ जहाज ‘डोमेस्टिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा पार्किङस्थलमै एउटा चक्का घाँसे क्षेत्रमा फस्न गएको हो।

जहाजमा चालकदलका ४ जनासहित ८० यात्रु थिए। यात्रुहरुलाई अर्को जहाजबाट नेपालगन्ज पठाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

जहाजमा कुनै क्षति भएको छैन।जहाज धावनमार्गमा नगएकाले अरू उडान नियमित भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here