चोरीका १० मोटरसाइकल र ११ वटा स्कुटर सवारीधनीलाई जिम्मा

काठमाडौं, १९ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराइले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।

उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए ।

थप जोडदिदैं उनले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नु पर्ने र अतिरिक्त सुरक्षाका उपयहरुको प्रयोग गर्न समेत सुझाएका थिए ।

बिशेष गरि स्कुटरको सवारी दर्ता किताव (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरि ट्राफिक चेकिङ्गमा सोहि ब्लुबुक देखाउने गरेको समेत पाईएको छ ।

कतिपय अबस्थामा चाँबी सहित स्कुटरहरु हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गरे ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाइकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

धनीले दिएको निबेदन हुलियाको आधारमा बिभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।

महाशाखाले पछिल्लो समय सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एव परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल नियन्त्रणमा लिएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई बिभिन्न स्थानहरुबाट चोरीका मोटरसाईकल सहित पक्राउ गरि सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

चाडपर्वको मौका छोपी मोटरसाईकल चोरीका घटनाहरु बढ्न सक्ने आंकलन गरि बिशेष सुरक्षा योजना कार्यान्वय गर्न थप सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई समेत कडाइ गरेको छ ।

चाडपर्वको समयमा किनमेल गर्ने भिडभाड हुने स्थानहरुमा जथाभावी पार्किङ्ग नगर्न र अतिरिक्त लकहरुको प्रयोग गरि सुरक्षाका उपायहरु अपनाउन महाशाखाले बिशेष अनुरोध गरको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here