डिशहोमको ‘दिमाग हल्लिने अफर’, ८९९ मै १०० एमबीपीएस इण्टरनेट

काठमाडौं, १९ असोज । विगत ११ वर्षदेखि पे टीभी इन्डस्ट्रीमा छुट्टै पहिचान बनाएको डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इण्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ ।

ग्राहकहरूले मासिक मात्र ८९९ रूपैयाँमा नै १०० एमबीपीएस इण्टरनेटको मज्जा ५ जी ड्युल ब्याण्ड राउटरको साथमा लिन सक्ने डिशहोमले जनाएको छ ।

१०० एमबीपीएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले प्राप्त गर्ने डिशहोमको भनाइ छ ।

साथै असोज ११ गतेदेखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको छ । यो योजना अन्तरगत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने डिशहोमले बताएको छ ।

डिशहोमका अनुसा स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरूमा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here