शेयर बजारको कमब्याक, नेप्से ४१ अंकले बढ्दा कारोबार ३ अर्बमा खुम्चियो

काठमाडौं, १९ असोज । लगातार ओरालो लागेको शेयर बजारले साताको तेस्रो कारोबार दिन आज कमब्याक गरेको छ । मंगलबार नेप्से परिसूचक ४१.८१ अंकले बढेर २६१२.६४ अंकमा पुग्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशत बढी हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ७.०३ अंकले बढेर ४९२.०२ अंकमा पुगेको छ ।

आज सबै सामुहको सूचक बढ्यो । मंगलबार सबैभन्दा धेरै विकास बैंक समुहको सूचक ३.१२ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्त समुहको २.७५ प्रतिशत, जलविद्युत समुहको २.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको १.७५ प्रतिशत बढ्यो ।

मंगलबार परिसूचक बढेपनि कारोबार रकममा भने कमी आएको छ । सोमबार साढे ३ अर्बको कारोबार भएकोमा आज २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सात वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमध्ये बहुउदेश्य लघुवित्त, हिमालयन पावर पार्टनर, समता घरेलु लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ९.९७ प्रतिशत, सिभिल लघुवित्तको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८९ प्रतिशत र जनउत्थान सामुदायीक लघुवित्तको ९.८४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया लघुवित्तका शेयर धनी छन् । कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्सले ग।्यो । इन्स्योरेन्सले १३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here