यस दिन हुँदैछ बुद्धभुमि हाइड्रोको आईपिओ बाँडफाँड

काठमाडौं, १९ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ यसै साता बाँडफाँड गर्ने भएको छ ।

बिक्रि प्रबन्धक सिभिल क्यापिटलले असोज २० गते बुधबार आईपिओको प्रि अलोटमेन्ट गर्ने र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि २२ गते शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण शेयर बिक्रि खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीको आईपिओमा ३५ गुणाको आवेदन परको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले बताएको छ ।

कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here