थप ९६८ जनामा कोरोना पुष्टी, १११४ जना संक्रमण मुक्त

काठमाडौं, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार ७६६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here