धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

काठमाडौं, १९ असोज । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिएका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

मन्त्रिपरिषदले असोज ११ गतेकोे ढुंगानालाई स्पष्टीकरण सोधेको थियो । उनले सरकारलाई बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

‘भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो ।