विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेण्टी पाउने

काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दैै यस्तो व्यवस्था गरेको हो ।

सो व्यवस्थाले विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ ।

बैंक ग्यारेण्टी वा ‘स्ट्याण्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ । यसरी बैंक ग्यारेण्टी वा स्ट्याण्डवाइ लेटर अफ क्रेडिटको अधिकतम सीमा अमेरिकी डलर ५० लाख वा सो बराबरको अन्य विदेशी मुद्रा हुने व्यवस्था गरिएको छ ।

यस्तो ऋण लिनका लागि निवेदकले पछिल्लो ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राभन्दा बढी हुने छैन भने विदेशमा लिइने ऋण रकमभन्दा बढी हुन नहुने गरी संशोधन गरिएको छ ।

त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कारोबार गर्दा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लगायतका प्रचलित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, नियम, निर्देशनको पुर्णतया पालना गर्नुपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here