सांग्रिला विकास बैंकको लाभांश घोषणा

काठमाडौं, २० असोज । सांग्रिला विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ नगद बाँड्नेछ ।

अघिल्लो वर्ष यसले ५% बोनस सेयर र कर तिर्न ०.२६% गरी कुल ५.२६% नगद लाभांश वितरण गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here