ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनश शेयर दिने

काठमाडौं, २० असोज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनश शेयर दिने भएको छ ।

कम्पनीले मंगरबारको सञ्चालक समिति बैठकमार्फत कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले जोहो गर्नुपर्ने भएको छ । गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here