सबैको लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं, २० असोज । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

सबैको लघुवित्तको सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको मुनाफाबाट ३१.०५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र वित्तीय संस्थाको सञ्चालक समितिले उक्त लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीले हाल कायम २० करोड ६७ लाख २७ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here