आर्कषक बोनश घोषणासंगै बढ्न थाल्यो लघुवित्तको शेयर मूल्य, ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २० असोज । लघुवित्त वित्तीय कम्पनीहरुले आर्कषक बोनश घोषणा गर्न थालेसंगै कम्पनीको शेयर मूल्य बढ्न थालेको छ ।

साताको चौंथो कारोबार दिन आज १२ः१५ बजेसम्म ५ वटा लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

पोजेटिभ सर्किट लागेका जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सामुदायिक लघुवित्त, सबैको लघुवित्त र किशान लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

अहिलेसम्म नेप्से परिसूचक ४३.७३ अंकले बढेर २६५६.३७ अंकमा पुग्दा १ अर्ब २० करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here