बुद्धभूमीको आइपीओ बाँडफाँड शुक्रबार बिहान, २० लाख आवेदकको हात खाली हुने

काठमाडौं, २० असोज । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलले असोज २२ गते शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण शेयर बिक्रि खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ३५ गुणाको आवेदन परको सिभिल क्यापिटलले बताएको छ ।

कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन दिएका छन् । तर आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ ।

यो आइपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here