सम्भव छ ? एक्लै खानुहोस, साथीसँग खाँदा धेरै खाइन्छ…

काठमाडौं । ढोकैमा दशैं आइसकेको छ । यस्तो चाडमा हामी खानपानमा खास्सै ध्यान दिँदैनौं । आफन्त र परिवाजन साथिभाईसंग भेट हुँदा हामी रमझममा भोकभन्दा धेरै भोजन गछौं । यसको अलवा हामी चाडवाड रमाइलो गर्ने पर्व हो भन्दै दैनिक व्यायममा ध्यान दिँदैनौं । जसको कारण अस्वभाविक रुपमा तौल वृद्धि हुन्छ ।

बढी पोषिलो र चिल्ला परिकारहरु खादाँ आम मानिसको ज्यान बढ्ने र त्यसले कैयौं समस्या निम्ताउने गर्छ । खासगरी शहरी इलाकामा बस्ने र कम शारीरिक परिश्रम गर्नेहरु यस मामलामा अझ बढी सचेत हुनुपर्छ ।

आज हामी हेभी खाना खानु पर्ने चाडबाडमा पनि वजनलाई नियन्त्रणमै राख्न सकिने केही उपायबारे चर्चा गर्नेछौं । जसले गर्दा तपाईको स्वास्थ्यमा स्फूर्ती कायमै रहने छ भने चाडबाडको मज्जा त छँदैछ :

रातमा हेभी खाना नखानुहोस

तपाई तौललाई आफ्नो नियन्त्रणमा राख्न चाहनु हुन्छ भने सकभर रातको समयमा हेभी परिकारको प्रयोग नगर्नुहोस । दिनमा दुई पटक खाना खान बस्नुहुन्छ भने बिहान मज्जाले खानुहोस, दिनभर परिश्रम हुन्छ र पच्छ । साँझ एकदम हल्का खानाको प्रयोग गर्नुहोस ।

रातको समयमा टन्न खाने योजनामा हुनुहुन्छ भने बिहान र दिउँसो कम खानुहोस । खानामा नियन्त्रण गर्नु निकै जरुरी छ ।

मौसमी फल र पानी पर्याप्त खानुहोस

अक्टूबर नोभेम्बरको मौसम फलफूल पर्याप्त पाउने समयका रुपमा पनि चिनिन्छ । अब सुन्तलाजन्य फलफूलको सिजन विस्तारै हुन्छ । यसबेला अन्य फलको पनि सिजन बाँकि नै रहन्छ भने चिसो मौसममा फल्ने फलफूल पनि क्रमशः आउन थाल्छन् । त्यसकारण सिजनेवल फलफूलको बढी प्रयोग गर्नुहोस ।

यसका साथ पानी पर्याप्त पिउनुहोस । मौसम परिवर्तनका कारण प्यास कम लागे पनि ज्यानलाई पानी पर्याप्त आवश्यक छ भन्ने कुरा नबिर्सनुहोस ।

एक्लै खानुहोस, साथीसँग खाँदा धेरै खाइन्छ

खाना कम गरेर वजन नियन्त्रण गर्न चाहनुहुन्छ भने खाना एक्लै खानुहोस । किनकी साथिसँग बसेर खाँदा धेरै खाइन्छ । यति धेरै खाइन्छ की कहिलेकाँही आफ्नो स्वास्थ्यको मतलव नै गरिदैन । त्यसकारण सम्भव छ भने एक्लै खाने बानी बसाल्नुहोस ।

व्यायाम नभुल्नुहोस

चाडपर्वको रमझममा दैनिकी व्यायाम नबिर्सनुहोस है । किनकी तपाईको ज्यान स्वस्थ छ भने सबै ठिक छ । त्यसकारण दैनिक करीव १ घण्टा आफ्नो ज्यानका लागि छुट्याउनुहोस ।

घरमा पाहुना आउलान । सरसफाई गर्नुपर्ला, कामको व्यस्तता बढ्दा । तर, दैनिकीबाट नभाग्नुहोस । रुटिन अनुसार नियमित व्यायाम जारी राख्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here