शेयर कारोबार तीन दिन बन्द रहने

काठमाडौं । शेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो ।

असोज २१ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै शेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले बडादशैंको पहिलो दिन भोलि घटस्थापनाको अवसरमा देशभर सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, असोज २२ गते र असोज २३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन शेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ ।

यससँगै, बजार अब एकैपटक असोज २४ गते आइतबार मात्रै खुल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here