असोज २२ गतेदेखि काठमाडौं महानगरले पर्व लक्षित कोभिड खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ ।

असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडामा सञ्चालन हुने महानगरले बताएको छ । यो पहिलो डोज लिनेका लागि हो ।

महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here