थप १०४३ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको मृत्यु

काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९९ हजार ६१५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here