नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुबिधा पाइने

काठमाडौं, २१ असोज । बडादशै, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने बैंकले जनाएको हो ।

बुधबार बैंकले जारि गरेको बिज्ञप्ति अनुसार नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच एक सम्झौता भएको छ ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन्।

सम्झौता अन्तर्गत नेपाल बैंक लिमिटेडेले बिद्यार्थीहरु र दम्पत्तीहरुलाई लक्षित गरि ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत” खाता खोल्दा विद्यार्थीहरुलाइ र ‘सहयात्री वचत’ खाता खोल्दा दम्पत्तीहरुलाइ ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ ।

शुन्य व्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र रु. ५०० न्यूनतम व्यालेन्समा ‘शहयात्री वचत खाता’ खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाताहरु खोलि कारोवार गर्दा बिद्यार्थी र दम्पत्तीहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन् ।

टेलिकमले दिएका अफरहरुमा नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ), सिम एक्टिभ भएको मितिले एक महिना सम्म हरेक दिन १० एसएमएस, १०० एमबी डाटा र ४० मिनेट भ्वाइस कल निःशुल्क उपलब्ध हुने छ।

त्यसैगरी नेपाल बैंकको मोवाइल बैकिङ्ग एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने र यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ नेपाल बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउने समेत बिज्ञप्तिमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here