युट्युबको नयाँ फिचर : गीत सुन्दै अन्य एप चलाउन मिल्ने

काठमाडौं । युट्युब गीत सुन्दै गर्दा अरु कुनै एप चलाउनु परेमा युट्युब बन्द गर्नुपर्थ्यो ।

तर, युट्युबमा गीत सुन्ने समयमा मोबाइलमा अन्य काम गर्न नपाइने झन्झटको अन्त्य हुने भएको छ । युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा वा मोबाइलमा अन्य काम गर्दा पनि ब्याकग्राउन्डमा गीत सुन्न सकिने फिचर उपलब्ध गराउने जनाएको हो ।

नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परीक्षण हुने भएको छ ।

ब्याकग्राउन्ड युट्युब म्युजिकले स्ट्यान्डर्ड एड, पर्सनालाइज्ड रेडियो मिक्स र आफ्नो युट्युब अकाउन्टमा अपलोड गरिएका सबै कन्टेन्टमा सपोर्ट गर्नेछ ।

यो फिचर प्रिमियम सब्स्क्रिप्सन बिना नै प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ । क्यानडाबाहेक अन्य देशका प्रयोगकर्ताहरूका लागि पनि ब्याकग्राउन्ड युट्युब म्युजिक फिचर चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । द भर्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here