थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

काठमाडौं, २१ असोज । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ जना र ३४०८ एन्टिजेन परीक्षणमा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here