चन्द्रागिरिको आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

काठमाडौं, २१ असोज । चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

कम्पनीले दशैंमा घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरी यस्तो अफर ल्याएको हो ।

कम्पनीले यसअघि पनि यस्तो अफर ल्याएको थियो । कम्पनीले गत पुस २४ गतेदेखि सर्वसाधरणका लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गरेको थियो ।

हाल चन्द्रागिरी केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ भर्ने सबैले यसमा २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here