साफ च्याम्पियनसिप: भारत श्रीलंकासँग बराबरीमा रोकियो

काठमाडौं, २१ असोज । साफ च्याम्पियनसिपमा सात पटकको च्याम्पियन भारत पुनः बराबरीमै रोकिएको छ।

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको भारतले बिहीबारको खेलमा भने श्रीलंकासँग गोलरहित बराबरी खेलको हो।

यसअघि भारतलाई पहिलो खेलमा १० खेलाडीमा सीमित भएर पनि बंगलादेशले १-१ गोलको बराबरीमा रोकेको थियो। पहिलो खेलमा बंगलादेशसँग १-० ले हारेको श्रीलंकाले दोस्रो खेलमा नेपालसँग ३-२ गोलको हार बेहारेको थियो।

तेस्रो खेलमा भने बराबरीमा रोकिएको हो। यो बराबरीसँगै श्रीलंका जारी साफ च्याम्पियन्सिपबाट बाहिरिने पक्कापक्की भएको छ।