मेसी नचल्दा अर्जेन्टिना बराबरीमा रोकियो, ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका थिए। यस्तै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here