थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

काठमाडौं, २२ असोज । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ८१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here