यस वर्ष बाढी पहिरोबाट १३६ जनाको मृत्यु, ७१ जिल्ला प्रभावित

काठमाडौं, २३ असोज । यस वर्ष बाढी पहिरोजस्ता मनसुनजन्घ घटनामा परी मुलुकभर गरेर १३६ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्। कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ।

यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ। उक्त जिल्लामा मनसुनको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्।

सिन्धुपाल्चोकको पनि मेलम्ची र हेलम्बुलाई बाढी र पहिराले तहसनहस बनाएको छ। त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ। यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here