साफ च्याम्पियनसिप: सहज अवस्थामा नेपाल, जित्नै पर्ने दबाबमा भारत

काठमाडौं, २४ असोज । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । राति ९:४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।

भारतले पहिलो खेलमा बङ्गलादेशसँग १/१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो।

यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए ।

साफकै तयारी स्वरूप भएका दुई खेलमा पनि नेपाल एकमा पराजित र एक खेलमा बराबरीमा रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here