विश्वकप छनोट: अर्जेन्टिनाको शानदार जित, ब्राजिल बराबरीमा रोकियो

काठमाडौं, २५ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ ।

घरेलु मैदानमा सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे । त्यस्तै अर्को खेलमा ब्राजिलको शतप्रतिशत जितयात्रा पूर्णविराम लागेको छ ।

यसअघिका ९ खेलमा शतप्रतिशत जित निकालेको ब्राजिलले आज विहान कोलम्बियासँग गोलरहित बराबरी खेलेर अंक बाँडेको हो । कोलम्बियाको घरेलु मैदानमा ब्राजिललाई जित निकाल्न निकै नै कठिन भयो ।

ब्राजिलका लागि फ्रेड, राफिन्हा र एन्थोनीले गोलका उत्कृष्ट अवसर खेर फालेका थिए । यो बराबरीले ब्राजिललाई शीर्ष स्थानमा कुनै फरक पार्ने छैन ।

१० खेलबाट २८ अंक जाडेको ब्राजिल दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंकले बढी छ । कोलम्बिया १३ अंकसहित तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here