साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपाल भारतसँग खेल्ने, शनिबार खेल हुँदै

स्रोतः एन्फा

काठमाडौं २८, असोज । साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपालले भारतसँग भिड्ने भएको छ । यस अघि भारतले राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको थियो ।

उक्त खेलमा भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरेका थिए ।

लिग चरणको अन्त्यमा भारत चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल सात अंकमा दोस्रो स्थानमा ।

यसअघि भारतले नेपाललाई १–० ले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here