चेल्सी शीर्ष स्थानमा कायमै, क्रिष्टियानो रोनाल्डोको टिम पराजित

काठमाडौं, ३१ असोज । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्रेन्टफोर्डलाई पराजित गरेको थियो ।

गएराती सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा बेन चिलवेलले खेलको ४५औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

त्यस्तै दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो ।

लिभरपुलका लागि फर्मिन्होले ह्याट्रिक गर्दा सादियो माने र मोहम्मद सलाहले १–१ गोल गरे ।

क्रिष्टियानो रोनाल्डो रहेको म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड लेस्टर सिटीसँग ४–२ गोल अन्तरले पराजित भएको हो । खेलमा रोनााल्डोले गोलसमेत गर्न सकेनन् ।

यो जितपछि चेल्सी लिगको शीर्ष स्थानमै रहेको छ । चेल्सीको ८ खेलमा १९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै ब्रेन्टफोर्डको ८ खेलमा १२ अंक रहेको छ र अंकतालिकामा सातौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here