१० दिनमा सरकारको आम्दानी २७ अर्ब ३९ करोड

काठमाडौं, ३१ असोज । सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व संकलन गरेको हो ।

दशैंको बेला कार्यालयहरु बन्द भए पनि राजश्व संकलन भने अनलाइन मार्फत सधैं जारी रहने भएकोले राजस्व संकलन भइरहेको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ ।

तथ्यांक अनुसार दशैंको पहिलो दिन ५९ करोड ७० लाख राजस्व संकलन भएको छ । यसैगरी दोस्रो दिन ३ अर्ब १४ करोड ५५ लाख र तेस्रो दिन २ अर्ब ३४ करोड ४९ लाख रकम संकलन भएको छ ।

दशैंको पाँचौं दिनमा ८ अर्ब ६७ करोड ४३ लाख, फुलपातीको दिनमा २६ करोड ५२ लाख, अष्‍टमीमा २ करोड ३ लाख, नवमी १ करोड ३२ लाख, टीकाको दिनमा १ करोड १९ लाख र एकादशीको दिनमा ९० लाख रकम संकलन भएको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयता कूल २ खर्ब ४८ अर्ब १ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here