क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं, १ कात्तिक । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले राजीनामा दिएका थिए ।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखलापछि ह्वाटमोरले नेपाली टोलीको प्रशिक्षक पद छोडेका हुन् ।

क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने बताएको छ ।

आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने क्यानले जनाएको छ । इच्छुक प्रक्षिकले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले आफ्नो विवरणसहित आउँदो १४ गते अर्थात् अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here