रोकिएन शेयर बजारको पहिरो, आधा घण्टामै ५४ अंकले घट्यो नेप्से

काठमाडौं, २ कात्तिक । दशैको बिदापछि कारोबार शुरु भएको तेस्रो दिन नेपाली शेयर बजारमा पहिरो जाने क्रम जारी छ ।

पहिलो दिन सामान्य अंकले घटेको नेप्से दोस्रोदिन ६९.५१ अंकले घटेर बन्द भएको थियो । तेस्रोदिनको कारोबार शुरु भएको आधा घण्टा ११ बजेर ३० मिनेट सम्ममा नेप्से ५४ अंकले घटेको छ ।

बजार खुलेको आधाघण्टामा नेप्से ५४.५१ अंकले घटेर २५३३.५५ विन्दुमा झरेको छ ।

त्यसबेला सम्म कारोबारमा आएका १८९ कम्पनीको ३७ करोड ८ लाख ४७ हजार ८२६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here