बचत र मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

काठमाडौं, २ कात्तिक । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।

बैंकहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैंकको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।

बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभाव भएसँगै बैंकहरुले ब्याजदर बढाएका छन् । अहिले प्रणालीमा कर्जाको माग बढ्ने र निक्षेप संकलन कम हुन थालेको छ । जसले गर्दा तरलता अभाव हुन थालेको छ ।

तरलता व्यवस्थापनको लागि भन्दै बैंकहरुले ब्याजदरलाई हतियार बनाएका छन् । अहिले बजेट खर्च पनि न्यून हुँदा बैंकलाई ब्याजदर बढाउन बाध्यता सृजना भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.५५ देखि ५.०५ प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै मुद्दती निक्षेपमा ६ देखि ८.५५ प्रतिशतसम्म ब्याज पाइने छ ।

नबिल बैंक

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ८.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एनएमबि बैंक

एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिकको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.५७ देखी ६.५७ प्रतिशतसम्म रहेको छ ।

यस्तै मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.५० देखी ९.५७ प्रतिशतसम्म रहेको छ । व्यक्तिगत तर्फ ९.५७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियर जोडिने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकको बचत खातामा न्यूनतम ४ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकको मुद्दती निक्षेपमा व्यत्तिगत तर्फ ७.५ देखि अधिकतम ९ प्रतिशतसम्म ब्याज पाइने छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा बचत खातामा ३.६१ देखि ४ प्रतिशतसम्म व्याज दिनेभएको छ । मुद्दती निक्षेपमा भने व्यक्तिगत तर्फ ७ देखी ८ प्रतिशतसम्म रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज सार्वजनिक गरेको छ । कात्तिकदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा बचतमा ४.५६ प्रतिशत ब्याज पाइने छ । बैंकले मुद्दती निक्षेपमा ५.०६ देखी ८.५६ प्रतिशतसम्म पाइने छ भने संस्थागत तर्फ सोही प्रकारको ब्याज पाइने छ ।

सनराइज बैंक

सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा बचत तर्फ ५।०७ प्रतिशत ब्याज पाएने भएको छ । मुद्दती निक्षेपमा भने ८ देखि १०।०७ प्रतिशतसम्म ब्याज रहेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदमार बचत तर्फ नै ५.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज पाइने छ । यता मुद्दती निक्षेपमा ९.२५ देखि ९.७५ प्रतिशतसम्म ब्याज पाइने छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले बचतमा ५.२८ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै बैंकले मुद्दती खातामा व्यक्तिगत तर्फ १०.२८ र संस्थागत तर्फ १० देखी १०.२८ प्रतिशतसम्म ब्याज पाइने छ ।

हिमालयन बैंक

हिमालयन बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा बचतमा ६.६७ देखी ७.६७ प्रतिशतसम्म रहेको छ । मुद्दती निक्षेपमा ८.५ देखि ९ प्रतिशतसम्म रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचतमा ३.२५ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ७.७५ देखि ८.२५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतमा २.५० देखि ४ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा भने ७.७५ देखि ८.२५ प्रतिशतसम्म ब्याज पाएने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको बचत खातामा ५ देखि ६.२५ प्रतिशतसम्म ब्याज पाइने छ । मुद्दती निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज पाइने छ ।

सिभिल बैंक

सिभिल बैंकले बचत खातामा ५.६१ देखि ६.५१ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ८.५१ देखि १०.११ प्रतिशतसम्म ब्याज पाइने छ ।

प्राइम बैंक

प्राइम बैंकले बचत खातामा ४.७६ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ९ देखि ९.७५ प्रतिशतसम्म ब्याज पाइने छ ।

सानिमा बैंक

सानिमा बैंकले बचत खातामा ३.५ देखि ५४ प्रतिशतसम्म ब्याज दिने गरेको छ । मुद्दती निक्षेप तर्फ ६ देखि ८ प्रतिशतसम्म ब्याज रहेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बचतमा ५.५५ देखी ६ प्रतिशतसम्म रहेको छ । मुद्दती निक्षेपमा ८ देखी १०.५५ प्रतिशतसम्म रहेको छ ।

नेपाल बैंक

नेपाल बैंकले कात्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ३.०५ देखि ४.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपमा ८.०५ प्रतिशतसम्म पाइने छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले कात्तिक महिनामा ४.५० प्रतिशत ब्याज दिने छ । मुद्दती निक्षेपमा ८.८० देखी ९ प्रतिशतसम्म ब्याज पाइने छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ५.३ प्रतिशतसम्म रहेको छ । यस्तै मुद्दती निक्षेपमा १०.३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले कात्तिकको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ५.०७ देखी ६.५७ प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै मुद्दती निक्षेपमा ९.५७ प्रतिशतसम्म रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले कात्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बचतमा ६.०५ देखी ७.५ प्रतिशतसम्म ब्याज पाइने छ । यता मुद्दती निक्षेपमा संस्थागत तर्फ ९ देखी ११.०५ प्रतिशतसम्म रहेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत खातामा ६.१० देखि ८।१० प्रतिशतसम्म व्याज दिनेछ । यस्तै मुद्दती निक्षेपमा ८.६० देखि ११.१० प्रतिशतसम्म रहेको छ ।

मेगा बैंक

मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको बचतमा ४.२७ देखी ५.७७ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ७ देखी ८.७७ प्रतिशत र संस्थागत तर्फ ९.२७ प्रतिशत ब्याज पाइने छ ।

कुमारी बैंक

कुमारी बैंकले कात्तिक महिनामा ५.३१ देखी ७.३१ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता मुद्दती निक्षेपमा ८.८१ देखी ९.८१ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here