रोकिएन शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक

काठमाडौं, २ कात्तिक । साताको कारोबारको तेस्रोदिन पनि शेयर बजारमा पहिरो गएको छ ।

पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंकले घटेर बन्द भएको थियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२१ कम्पनीको ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ रुपैयाँ बराबरको ९५लाख ७२ हजार १६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर ५१ अङ्कले, विकास बैंकको एक सय ९४, होटलको ८८, फाइनान्सको एक सय १२, माइक्रोफाइनान्सको एक सय ३५ र जलविद्युत् समूहको शेयर एक सय १७ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ७५ अङ्कले, जीवन बीमा समूहको चार सय २८ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय १४ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

आजको कारोबारमा पनि ७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। तर, १७८ कम्पनीका लगानीकर्ता भने आजको कारोबारबाट निराश बन्नु परेको छ। दुई वटा कम्पनीको मूल्यमा भने परिवर्तन आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here