ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा

काठमाडौं, २ असोज । ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड उपलब्ध गराउने सहमति भएको हो।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलवार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवं उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीले ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । सहयात्री सिमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टक टाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ ।

यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र रु १०० वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ।

सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवम् मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here