कात्तिक महिनाको ब्याजदर बैंकहरुले संशोधन गर्नुपर्ने, १० प्रतिशत भन्दा बढी परिवर्तन गर्न नपाइने

काठमाडौं २, कात्तिक । बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित गरेको ब्याजदर परिमार्जन गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार राती ९ बजे उक्त निर्देशन जारी गरेको छ ।

निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा प्रकाशित गरेको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा बढी परिवर्तन गर्न नपाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी २०७८ कात्तिक ३ भित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागु गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यस्तो ब्याजदर २०७८ कात्तिक ५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्नेछ ।

संस्थागत मुद्दती निक्षेप (बोलकबोलमा समेत) मा प्रकाशित गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ ।

यही कात्तिक देखि लागु हुने गरी बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत बढी पुगेको छ । सोही कारण राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here