च्याम्पियन्स लिग: पीएसजीको जितमा मेसी नायक

काठमाडौं, ३ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा लियोनेल मेसीले २ गोल गरे भने किलियन एम्बाप्पेले एक गोल गरेका थिए ।

खेलको नवौ मिनेटमा एम्बाप्पेको गोलमा पीएसजीले अग्रता लिएको थियो भने खेलको ६७ औँ र ७४औँ मिनेटमा मेसीले गोल गरेका थिए । खेलको ९४औं मिनेटमा पीएसजीले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए ।

त्यस्तै लेइपजिंगका लागि आन्द्रे सिल्भा र नोर्डी मुकेइएलेले एक एक गोल गरेका थिए । लेइपजिंगका लागि सिल्भाले खेलको २८औं मिनेटमा गोल गरेका थिए भने मुकेइएलेले खेलको ५७औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यो जितपछि समुह ए मा रहेको पिएसजीको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आरबी लेइपजिंगले भने आफ्ना तीनै खेलमा हार बेहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here