काठमाडौं, ३ कात्तिक । साताको कारोबारको चौंथोदिन शेयर बजारमा हरियाली छाएको छ ।
सोमबार र मंगलबार लगातार गिरावट आएको बजार बुधबार भने कारोबारको शुरुवातदेखिनै हरियाली छाएको हो ।
बुधबार १२ बजेसम्ममा नेप्से ४२.७४ अंकले बढेर २५५३.८५ विन्दुमा पुगेको छ । त्यसबेला सम्ममा १ अर्ब ३३ करोड ९ लाख ६२ हजार ५३७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु हरियो बनेका छन् ।