सामलिङ पावरको आइपीओ खुल्यो

काठमाडौं, ४ कात्तिक । सामलिङ पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन खुला गर्ने गरेको छ ।

कम्पनीले विहिबार कार्यालय समयदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित कुल सेयरमध्ये १४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यस कम्पनीकोआईपीओलाईे इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

एसबीआई मर्चेण्ट बैकिङ नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here