शेयर विश्लेषक भन्छन् – ‘शेयर बजारले भोग्नु र सहनु पर्ने सहिसक्यो’

काठमाडौं, ३ कात्तिक । शेयर बजारमा केही सातादेखि निरन्तर पहिरो गइरहेको छ । केहीदिन सामान्य अंकले बढेपछि फेरि जाने पहिरो भने रोकिएको छैन् ।

हालसम्मकै उच्च ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक केही हप्ताको अन्तरालमै २५०० हाराहारी आइपुगेको छ । छोटो समयको यो तीव्र घटाइलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेका छन् ।

कतिपय लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाका गरेको कडाइको परिणाम भन्न थालेका छन् ।

राष्ट्र बैंकले कुनै व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट समेत गरी कुल १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । हाल सोही व्यवस्थाका कारण बजार घटेको लगानीकर्ताहरूको विश्लेषण गर्ने गरेका छन् ।

अर्काथरी लगानीकर्ता भने बजार बढ्नु र घट्नु सामान्य भएको बताइरहेका छन् ।

शेयर विश्लेषक अम्बिका पौडेलले भने अब शेयर बजारको लागि केही पनि नकारात्मक समाचार बाँकी नरहेको बताएका छन् ।

भोग्नु र सहनु पर्ने सबै कुरा भोगी सकिएको र सहि सकिएको भन्दै उनले अब बजारको लागि केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको बताएका हुन्।

यस अघि नियामक निकायको विभिन्न नीतिका कारण बजार घटेको बताएका उनले अब भने नकारात्मक समाचार नरहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक लेखेका छन् -‘बजारको लागि अब केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको छ। भोग्नु र सहनु पर्ने सबै कुरा भोगी सक्यो सहिसक्यो ।’ ‘मलाई लागेको कुरा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here