डाइनामो किभबिरुद्ध जित निकाल्दै लय फर्काउने दाउमा बार्सिलोना

काठमाडौं, ३ कात्तिक । बार्सिलोनाले बुधबार राती च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको तेस्रो खेल खेल्दै छ ।

नेपाली समय अनुसार राती साढे १० बजे शुरु हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभको सामना गर्न लागेको हो ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

सुरुवाती दुवै खेलमा पराजय बेहोरेको बार्सिलोना यो खेलमा जित हात पार्दै आफ्नो लय फर्काउने सोचमा हुनेछ । पहिलो खेलमा बायर्न म्युनिख तथा दोस्रो खेलमा बेन्फिकासँग समान ३–० ले पराजित भएको थियो ।

डाइनामो किभ पनि बार्सिलोनाको खराब लयको फाइदा उठाउँदै लिगमा पहिलो जित हात पार्ने सोचमा छ । उसले पहिलो खेलमा बेन्फिकासँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा बायर्न म्युनिखसँग ५–० को फराकिलो पराजय बेहोरेको थियो ।

दुवै खेल हारेको बार्सिलोना अंक तालिकाको पुछारमा रहेको छ । यता, एक अंक रहेको डाइनामो पनि आजको खेल आफ्नो पोल्टामा पार्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here