शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता

काठमाडौं, ३ कात्तिक । साताको कारोबार चौथो दिन आज शेयर बजारमा हरियाली छाएको छ ।

साताको कारोबारको पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंक र तेस्रोदिन ७७ ले घटेर बन्द भएको थियो ।

बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.५६ अंकले घटेर २५७१.६६ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१७ कम्पनीको २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँ बराबरको ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । कुल १७९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ ।

बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंकको एक सय ४१, होटलको ९१ फाइनान्सको एक सय २१,माइक्रोफाइनान्सको ९९ र जलविद्युत् समूहको शेयर एक सय ८ अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय २२ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएका छन् । धेरै कमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् । बुधबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलले नै मूल्य बढेको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे शेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९९ रूपैयाँ २० पैसा पुगेको छ । युनिभर्सल पावर कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय २७ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

मैलुङ खाेला जलविद्युतकाे शेयरमूल्य १० प्रतिशतले बढेर ४ सय २२ रूपैयाँ ४० पैसा पुगेकाे छ । यसका साथै, सिइडिबी हाइड्राेपावरकाे शेयरमूल्य ९.९९ प्रतिशत र नेशनल हाइड्राेपावरकाे शेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ ।

त्यसैगरी, बुधबार एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक शेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here