थप ६६२ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, ३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ६६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७२ पीसीआर परीक्षण गर्दा ५३५ जना र १४०४ एन्टिजेन परीक्षण गर्दा १२७ जना गरी ६६२ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ५२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७५८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here