च्याम्पियन्स लिग: यस सिजनमा बार्सिलोनाको पहिलो जित

काठमाडौं, ४ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको यस सिजननमा पहिलो जित हासिल गरेको छ ।

बुधबार सम्पन्न खेलमा बार्सिलोनाले डाइनामो किभमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल निर्णायक गोल बनेको थियो ।

बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो ।

जारी सिजनमा खराब सुरुआत गरेको बार्सिलोनाले पहिलो दुवै खेलमा हारको सामना गरेको थियो।

उसले पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलको र दोस्रो खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग पनि ३–० गोलको हार बेहोरेको थियो।

बेन्फिकासँगको खेलमा बार्सिलोनाका एरिक गर्सियाले रातो कार्डको सजाय पाएको कारण उनी बुधबार रातिको खेलमा अनुपस्थित थिए।

यो हारसँगै अंकविहित डाइनामो समूह ईको पुछारमा छ। तीन अंक बनाएको बार्सिलोना भने पुछारबाट दोस्रो स्थानमा छ।

सोहि समूहको अर्को खेलमा बार्यनले बेन्फिकामाथि ४–० गोलको सानदार जित निकालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here