राष्ट्र बैंकको निर्देशनपछि निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति ?

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंक हस्ताक्षेपपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेपछि राष्ट्र बैंकले संशोधन गर्न मंगलबार निर्देशन दिएको थियो।

सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको तुलनामा ३० प्रतिशतसम्मले निक्षेपको ब्याजदर बढाएका थिए ।

ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा तीव्र बनेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार बुधबारसम्म सबै बैंकहरूले निर्देशित सीमाभित्र रहेर नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।

जसअनुसार बैंकहरूको अधिकतम ब्याजदर ९.३६ प्रतिशतसम्म छ । जसमा नेपाल एसबीआई बैंकले अधिकतम ९.४१ प्रतिशत ब्याजदर तोकेको छ।

कृषि विकास बैंकले ८.८५, सिटिजन्स बैंक इन्टरनेसनलले ८.८, लक्ष्मी बैंकले ९.३५, नेपाल इन्भेस्टमेन्ट बैंकले ९.३५, प्रभु बैंकले ८.५७, राष्ट्रिय वाणिज्य बैंकले ८.३६ तथा सानिमा बैंक र सनराइज बैंकले ९.०६ प्रतिशत निक्षेप ब्याजदर तोकेका छन्।

सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौं, सिभिल बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माच्छापुच्छ्रे बैंक, नबिल बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले अधिकतम ९.३६ प्रतिशत ब्याजदर तोकेका छन्।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतीको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ ।

कात्तिक महिनामा लागू हुने गरी अधिकांश बैंकहरुले असोज मसान्तमै व्यक्तिगतमा भन्दा बढी संस्थागत मुद्दतीमै ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here