फिफा वरीयता: नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं, ४ कात्तिक । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।

दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ ।

त्यस्तै, अफगानिस्तान १५२ औं, माल्दिभ्स १५६, बङ्गलादेश १८७, भूटान १८६ पाकिस्तान १९७ औं र श्रीलङ्का २०४ औं स्थानमा रहेका छन् ।

एसियाली मुलुकहरूमा २२ औं स्थानमा इरान, २८ औं स्थानमा जापान ३४ अष्ट्रेलिया र ३५ औं स्थानमा दक्षिण कोरिया छन्।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्। अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here