थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३ एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ३१५रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here