रोमाको अप्रत्यासित हार, जोसे माउरिन्होको करिअरकै खराव नतिजा

काठमाडौं, ५ कात्तिक । जोजे माउरिन्होको एएस रोमाले अप्रत्यासित हार ब्यहोरेको छ । गएराति युरोपा कन्फेरेन्स लिगमा नर्वेको बोडोरग्लिम्टसँग रोमा ६–१ ले पराजित भएको हो ।

इटालियन सिरी ‘ए’ क्लब रोमा यूईएफएको नयाँ क्लब प्रतियोगिता कन्फेरेनस लिगको एक प्रमुख दाबेदार टिम हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो ।

सन् २०१० मा रियल मड्रिडले बार्सिलोनासँग ५–० गोलअन्तरको पराजित व्यहोरेको थियो । जोसे माउरिन्होको १ हजार ८ खेलको करिअरमा त्यो नै अहिलेसम्मको ठूलो अन्तरको हार थियो ।

पहिलो दुई खेल जितेको रोमाको समूह चरणमा यो पहिलो हार हो । बोडो/ग्लिम्ट भने अपराजित छ । दोस्रो जितपछि बोडो/ग्लिम्ट सात अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

६ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । जोर्या तीन अंकका साथ तेस्रो स्थानमा छ भने पीएफसी सीएसकेए सोफिया एक अंकका साथ चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here